काठमाडौं – महोत्तरीको बर्दिवासमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषाधाम–२ का शकुन्तलादवी साह र र्बतनिया महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धनुषाका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।