काठमाडौं – जनता बैंक र ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार ३० घण्टाका लागि पूर्ण रुपमा बन्द हुने भएको छ दुई बैंक एक आपसमा गाभिने भएपछि संयुक्त कारोबार गर्न डाटा माइग्रट गर्नु पर्ने भएकाले मंसिर १८ गते संध्याकालीन र १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुन लागेको हो ।
दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३० घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् । बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्म बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा बन्द हुने सूचनामा जनाइएको छ ।
बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमायाचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाइएको छ ।