logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भर्खरै सम्पन्न भएको उपनिर्वाचनबारे गम्भीर समीक्षा गर्ने भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको हो ।

आगामी मंसिर २३ गते बिहान ९ बजे बस्ने सचिवालयको अर्को बैठकमा यसबारे थप छलफल र समीक्षा हुनेप्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठकमा उपनिर्वाचनमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए । बैठकले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशन्नता प्रकट गर्दै उनको सुस्वास्थ्यको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।