logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अवैध लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ


अंकुरण खबर
949
Shares

नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ तुल्सिपुर उपमहानगरपालिका–१ बस्ने १८ वर्षीय समिर वली रहेका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई वैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय मिलिग्राम सहित वलीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।