काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज बुधबार सुन ८ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुन तोलामा ८ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ७१ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १५ रुपैयाँले बढेर तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।