भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा र कार्यालय सहयोगी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीबाट ४० हजार घुस रकमसहित पक्राउ गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट चालीस हजार घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।