logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन मेडिकल कलेजका विद्यार्थीद्धारा परीक्षा बहिष्कार


अंकुरण खबर
2.444K
Shares

आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले आजदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले पहिलो वर्षका परीक्षा बहिष्कार गर्दै परीक्षा प्रवेश कार्ड जलाउने प्रयास गरेका थिए । तीन महिनादेखि आन्दोदनरत विद्यार्थीहरुले कलेज गेटमा परीक्षा प्रवेश कार्ड जलाउन लागेपछि प्रहरीले रोकेको छ ।

साथै, उनीहरुले प्रहरीको साथ माग्दै प्रहरी हामीलाई साथ दे, प्रहरी दमन मुर्दावाद, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाएका छन् ।