काठमाडौं – प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोद ढुंगेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । तर, अनुमति दिएको तीन दिन बितिसक्दा पनि प्रहरीले ढुंगेललाई भने पक्राउ गरेको छैन ।
गत २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएपछि उनी अनुसनधानको घेरामा थिए ।
उनलाई २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेको छ ।