logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपालको अग्रता कायमै छ ।

नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एक/एक ओटा स्वर्ण पदक जितेको छ । यो समेत पदक तालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ ।

२५ स्वर्ण पदकसहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्ण पदक छ । पुछारको भुटानको तीन कास्य पदक मात्र छ ।