logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

डडेल्धुरामा बस र जीप ठोक्किँदा तीनजना घाइते


अंकुरण खबर
949
Shares

डडेल्धुरामा बस र जीप ठोक्किँदा तीनजना घाइते भएका छन्। गन्यापधुरा गाउँपालिका९३ सकायलको जगंल स्पा नजिक खोलामा बस र जीप ठोक्किँदा तीनजना घाइते भएका हुन्।

बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से१ज ९०३७ नम्बरको जीप ठोक्किएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

तीनजना घाइतेमध्ये एकजना उपचारपछि घर फर्किसकेको र अरु दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

धनगढी रेफर हुनेमा डडेल्धुराको गन्यापधुरा–३ की ५८ वर्षीया कलापती ठगुन्ना, र बैतडी मेलौली नगरपालिकाका ६८ वर्षीय पुरन चन्द रहेका छन् ।