काठमाडौं – धनुषामा ट्रयाक्टरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ।
ढल्केवर जनकपुर रनजमार्गको मिथिला नगरपालिका २ नक्टाझिजको हजरा चोक सडक खण्डमा मनिङ वाकमा निस्केकी महोत्तरी सरपल्लोकी संगिता ठाकुर बरहीको गढीमाई मेलाबाट र्फकेका ज १ त ५८८६ नम्बरको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्र्याक्टर प्रहरी नियन्त्रणमा छ चालक भने फरार रहेको जनाइएको छ ।