logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साढे ३३ किलो सुन तस्करी प्रकरण : आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुला


अंकुरण खबर
3.445K
Shares

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिजो काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो ।

समितिको टोलीले २०७५ जेठ २८ गते ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर ३० लाख रुपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।