logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग पुरुष क्रिकेट : नेपालद्वारा भुटान १४१ रनले पराजित


अंकुरण खबर
923
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेटमा नेपालले भुटानलाई पराजित गरेको छ ।

बिहिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाएको थियो ।

भुटानका मिक्यो दोर्जीले २७, सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७, पारस खड्काले ५७, उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट लिए ।

अब नेपालले डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।