अरुण गाउँपालिका–६ धाउखानीमा भाइले चिर्पट प्रहार गरेर दाजुको हत्या गरेका छन् ।
१८ बर्षीय डिक बहादुर राईले दाजु ४० बर्षीय सुवास राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा रिसको आवेगमा भाइले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका दाजु सुवासको घरमै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो । हत्याको अभियोग लागेका डिक बहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।