logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
663
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बजारमा बिहीबार सुन २ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुन २ सय रुपैयाँले घटेर ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ७२ हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।