logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा निरन्तर उकालो


अंकुरण खबर
923
Shares

काठमाडौं  – पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ ।

कुल १६८ वटा कम्पनीको १० लाख ९५ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज परिसूचकसँगै कारोबार रकम शेयर संख्यामा पनि सुधार आएको छ । आज कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक सबै समूह बढेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  यस कम्पनीको शेयर बुधबार पनि उच्च कारोबार भएको थियो ।

आज सम्मुन्नत माइक्रो फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेको छ ।

समग्र परिसूचक बढेको दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य प्रतिशतभन्दा बढी प्रतिशतले घटेको छ ।