काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी छन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुगेकी हुन्।
ओलीलाई बिहीबार बेलुका वा शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भइरहेको छ। यसअघि राष्ट्रपति भण्डारीले ओलीलाई मंसिर १२ गते भेटेकी थिइन्।