logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ ।

नेपालले अहिलेसम्म ३२ स्वर्ण जितेको छ । साइक्लिङको क्रस कन्ट्री पुरुषमा नेपालका वुद्धि बहादुर तामाङले स्वर्ण जितेपछि नेपालले सागको इतिहासमा नयाँ रेकर्ड बनाएको छ ।

यसपटकको सागमा नेपालले तेक्वान्दो, कराते, साइक्लिङ, ट्रायथोनल, उसुमा स्वर्ण जितेको छ । अझै नेपालको प्रतिस्पर्धा जारी रहेको छ । जसमा अझै केहि स्वर्ण थप्ने संभावना रहेको छ ।

साइक्लिङमा नेपालका लागि दोस्रो दिन स्वर्ण दिलाए । योसँगै नेपालले साइक्लिङमा पनि सात पदक पुर्याएको छ । नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् ।