logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सककै निगरानीमा राखिने, नियमित डायलासिस पनि गरिने


अंकुरण खबर
663
Shares

एपेन्डिसाइटिसकाे उपचार पछि  डिस्चार्ज भएका प्रधानमन्त्री ओलीलाई घाउ निको भए पनि संक्रमणको खतरा कायमै रहेकाले उनको सरकारी निवास बालुवाटारमा  चिकित्सककै निगरानीमा राखिने भएको हो ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको उपचार राम्रो भएर  आज (बिहीबार) डिस्चार्ज गरिएको छ ।

प्रधानमन्त्री ओलीको मंसिर ९ गते पेटमा अचानक समस्या आएपछि उनलाई गत मंगलबार ( मंसिर १० गते) त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।  मंसिर १० गते एपेन्डिक्सिको शल्यक्रिया पछि पनि प्रधानमन्त्री ओली आइसियूमै उपचारत थिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले समेत काम नगरेकाले चिकित्सकले आइसियूमै समेत डायलाइसिस गराएका थिए ।

प्रधानमन्त्री ओली आज (बिहीबार) अस्पतालबाट डिस्चार्ज भए पनि डायलाइसिस भने नियमित गरिने चिकित्सकहरुले बताएका छन् ।