logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्दै, आज दिनभरको मौसम कस्तो ?


अंकुरण खबर
741
Shares

काठमाडौं – देशका पश्चिमी पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति भने देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको र यो क्रम जारी रहने  छ । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ।

हिजो बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।