काठमाडौं – आज पनि सुनको मूल्य घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा बजारमा शुक्रबार सुन ३ सय रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ७२ हजारमा कारोबार भएको गियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ ।