logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार र शनिबार कलंकी, कोटेश्वर र जगाती सडकमा सवारीसाधन रोक


अंकुरण खबर
2.548K
Shares

काठमाडौं – ट्राफिक प्रहरीले चक्रपथको कलंकी–कोटेश्वर-जगातीसम्मको मुख्य लेनमा शुक्रबार र शनिबार पाँच घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत साइक्लिङका प्रतिस्पर्धा हुने भएकोले शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा सवारीसाधन सञ्चालनमा रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मुख्य लेनको दायाँबायाँ रहेको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ । यो व्यवस्था अनुसार शुक्रबार र शनिबार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन पाइनेछैन ।