logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार आरोपित सिद्धबाबालाई अस्पतालबाट लगियो अदालत


अंकुरण खबर
2.964K
Shares

काठमाडौं – बलात्कारको आरोप लागेका सिद्धाबाबा भनिने कृष्णरदासजी महाराजलाई दोस्रोपटक म्याद थपका लागि अदालत लगिएको छ ।

आरोप लागेसँगै बिरामी भएर आईसीयूमा भर्ना भएका सिद्धबाबालाई एम्बुलेन्समा हालेर शुक्रबार सुनसरी जिल्ला अदालत उपस्थित गराउन लगिएको हो ।

उनको अनुसन्धानका लागि शुक्रबार दोस्रोपटक म्याद थप हुँदैछ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत कृष्णदासजीलाई ११ बजेतिर अदालतर्फ लगिएको बताइएको छ ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्माको नेतृत्वको प्रहरी टोलीले एम्बुलेन्समा राखेर अदालत लगेको छ । पहिलोपटक मंसिर १६ गते चार दिनको म्याद थप गरिएको थियो ।

सुनसरीको चताराधामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।