logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बाणिज्य बैंक


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – ग्लोबल आइएमई र जनता बैंक मर्ज भई आजदेखि एकीकृत कारोबार शुरु गरेका छन् । एकीकृत कारोबारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।

मर्जरपछि बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ । त्यस्तै निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

७७ वटै जिल्लामा ३ सयभन्दा धेरै शाखा, २५९ वटा एटीएम, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कुल सञ्जाल ८ सय ३८ पुगेका छन् ।

बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।