काठमाडौं – बलात्कारको आरोप लागेका (सिद्धबाबा) कृष्णदासजी महाराज माथि अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत सुनसरीले सात दिनको म्याद थप गरेको छ ।
यसअघि दिएको चार दिनको समय सकिएपछि अदालतले सिद्धबाबामाथि अनुसन्धान गर्न प्रहरीलाई थप सात दिनको समय दिएको हो ।
विराट नर्सिङ होमको आईसीयूमा उपचाररत सिद्धबाबालाई ह्वीलचियरमार्फत एम्बुलेन्समा राखेर प्रहरीले शुक्रबार दिउँसो अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले कृष्णदासजीमाथि थप अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो । प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ ।
सुनसरीको चतराधामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता सिद्धबाबाले बलात्कार गरेको भन्दै एक अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।