logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धारिलो हतियार प्रहार गरी आफ्नै बाबुआमाको हत्या


अंकुरण खबर
3.952K
Shares

रुपन्देहीमा छोराले आफ्नै बाबुआमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

रुपन्देहीको ओमसतिया-४ बालापुरामा आज बिहान २८ वर्षीय गोरख यादवले आफ्नै बाबुआमाको हत्या गरेका हुन् ।

उनले धारिलो हतियार प्रहार गरी  बाबु ७२ वर्षीय रामनारायण यादव र ६५ वर्षीया आमा खगना यादवको हत्या गरेको प्रहरीले बताएको छ ।

हतियार प्रहारपछि बुबाको घटनास्थलमै मृत्यु भएको र आमाको भने उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो । आमाबुवाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ ।

यादवलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।