logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इटहरीको मुख्य चोकमा आगलागी


अंकुरण खबर
1.599K
Shares

सुनसरीको इटहरीस्थित मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ ।

गए राति १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएका छ ।

आगलागी भए लगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।

चौथो तलामाथि लागेको आगोले बिग बारमा ठूलो क्षेति भएको छ । आगो निभाउन दमकल र सुरक्षाकर्मीलाई मुस्किल भएको थियो ।

बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।