भारतको नयाँदिल्लीको रानी झाँसी रोडमा रहेको एक गोदाममा आइतबार बिहान आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर ५६ जना घाइते भएका छन । गम्भिर घाइतेको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
घाइतेहरुलाई स्थानीय लोक नायक लगायतका चारवटा अस्पतालमा भर्ना गरिएको छ । आगलागीमा अझै केही मानिस फसेको अनुमानमा उद्दार जारी रहेको छ । साघुरो सडकका कारण दमकल आगलागी भएको स्थानमा जान समस्या हुँदा आगो समयमा नियन्त्रणमा आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले आगलागी घटनाको अनुसन्धान थालेको छ । भारतका गृहमन्त्री अमित शाहले उद्धार कार्यमा तीव्रता दिन निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री मुख्यमन्त्री अरविन्द केजरीवालले पनि उद्दारको क्रम चलिरहेको बताएका छन् ।