logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ७ घाइते


अंकुरण खबर
715
Shares

लमजुङ, सुन्दरबजार नगरपालिका-७ पाउदीको ओरालोमा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

बेशीशहरबाट इट्टा लिएर गोरखाको सदरमुकामतर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस नियन्त्रण गुमाएर सडकबाट करिब १ सय मिटर तल खस्दा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन बाँकी छ ।

७ जना घाइतेमध्ये उपचारको लागि ५ जनालाई चितवन, १ जनालाई पोखरा पठाइएको र १ जना स्थानीय अस्पतालमा उपचार गरी डिश्चार्ज भइसकेका छन् ।

बस चालक प्रहरीको नियन्त्रणमा छन् ।