काठमाडौं – आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ५ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ७१ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन आज प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।