logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वन भोजबाट फर्कदै गरेको अटो दुर्घटनाका मृतकहरुको सनाखत


अंकुरण खबर
780
Shares

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका-८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका-९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका-९ की २५ वर्षीया मीना खड्का, राप्ती नगरपालिका-९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका-३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी एक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहेका छन् ।

घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

शनिबार साँझ वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना १ ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।