विराटनगरको विराटनगर-२ शनिहाटमा ग्याँस लिक भएर आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।
गएराति आगलागी हँुदा करिब ७० वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो । काठमाडौंमा बसोबास गर्ने उनी केही दिनअघि विराटनगर गएका थिए ।
घरमा एक्लै रहेका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थलमा कोशी ग्याँसको सिलिन्डर र ग्याँसको पाइप जलेको अवस्थामा भेटिएकाले उनको ग्याँस लिक भएर आगलागी हुँदा मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।