logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइजिपी खनालद्वारा पोखराको भइरहेको साग खेलकुदको स्थलगत निरीक्षण


अंकुरण खबर
2.535K
Shares

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा भइरहेको १३ औं साग खेलकुदको सुरक्षा अवस्थाबारे आज स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

खनाल आज पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, राखेपका सदस्य राजेश गुरुङ, प्रदेश सांसदद्वय मोहन रेग्मी र दिपक कोइराला, पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसी, र सुरक्षा निकायका अधिकारीलगायतकासँग जानकारी लिएका हुन् ।

उनले सुरक्षा निकायका अधिकारीहरुलाई साग खेलकुदमा सुरक्षा थप मजबुत बनाउन निर्देशन दिए । खनालले भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे ।

यसैगरी महानिरीक्षक खनालले गत शुक्रबार १३ औं साग खेलकुद भइरहेको जनकपुर पुगेर त्यहाँको वस्तुस्थितिबारे समेत जानकारी लिएका थिए ।