त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ ।
कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकको ठक्करबाट बालिकाको खुट्टा चुँडिएपछि प्रदर्शनमा उत्रिएका स्थानीयले ढुँगामुढा गर्दा डिएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।
त्यस्तै झडपका क्रममा केही विद्यार्थी पनि घाइते भएको बताइएको छ । विद्यार्थीलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै आक्रोशित स्थानीय, विद्यार्थीले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् ।
ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो ।
आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।