बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् ।
पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको हो ।
मामा-भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले जनाएका छन् ।
दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको जनाइएको छ ।