काठमाडौं – नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।