logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग पुरुष बास्केटबल : माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । माल्दिभ्समाथि ७६-६२ को जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

दशरथ रंगशालास्थित कभर्ड हलमा पहिलो क्वाटरमा १८-१७ को स्थितिमा रहेको खेलमा नेपालले दोस्रो क्वाटर र तेसो क्वाटरमा उत्कृष्ट प्रदर्शनसहित जित निकालेको हो ।

समूह ‘ए’ मा रहेको नेपाल यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ६७-६१ स्कोरले पराजित भएको थियो ।

अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।