logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई सारियो मुख्यसचिव निवासमा


अंकुरण खबर
897
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको सरकारी निवासमा सारिएको छ ।

१० दिनसम्म अस्पतालमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओलीलाई आइतबार त्यसतर्फ सारिएको हो । सरकारले साविकको प्रधानमन्त्रीको सरकारी निवास भत्काएर नयाँ बनाउने निर्णयअनुसार काम सुरु गरेपछि उनलाई त्यसतर्फ सारिएको हो ।

भवनका भग्नावशेषको फोहोर र निर्माणको सामाग्रीले संक्रमणको उच्च जोखिम हुने भएपछि प्रधानमन्त्रीलाई अहिले राष्ट्रिय सभाका अध्यक्ष बसिरहेको मुख्यसचिवको तत्कालीन निवासमा सारिएको हो । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो ।

प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक महिना लाग्ने बताइएको छ । उपचारपछि फर्किएका ओलीलाई चिकित्सकहरुले आराम गर्न सुझाउँदै भेटघाट कम गर्न भनेपछि बालुवाटारमा आराम गर्दै आएका छन् ।