logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुरुष फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा


अंकुरण खबर
1.092K
Shares

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो ।

अब मंगलबार नेपालले स्वर्ण पदकका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका थिए। जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो। दोस्रो बनेको भुटानको ९ अंक छ।

यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो। सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो।

सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।