धनगढी उपमहानगरपालिका-२ बैयाबेहेडीका मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
से ६ प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार बिहान मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मोटरसाइकल र मोटरसाइकल चालक धनगढी २ का २१ वर्षीय गोविन्द सुनार अहिले प्रहरी नियन्त्रणमा छन् ।