logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वन कार्यालयमा फेला परेको बम सेनाद्वारा निस्क्रिय


अंकुरण खबर
1.105K
Shares

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ ।

आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरीले जनाएकोे छ ।