logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटबाट ४४ राउण्ड गोलीसहित दुई पक्राउ


अंकुरण खबर
1.027K
Shares

नुवाकोट प्रहरीले म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।