logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धकको मृत्यु


अंकुरण खबर
1.196K
Shares

पूर्व–पश्चिम राजमार्गको बोर्डगाउँ नजिक बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो । तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जना घाईतेको वाणगंगामा रहेको सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतक पाण्डे ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धक हुन् ।