logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरी बलात्कार आरोपमा एक जना पक्राउ


अंकुरण खबर
4.615K
Shares

प्रहरीले १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जबर्जस्ती करणी गरेको अभियोगमा कैलालीको मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका उनमाथि अनुसन्धान भईरहेको छ ।