logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग महिला फुटबल : भारतसँग २-० ले नेपाल पराजित


अंकुरण खबर
1.703K
Shares

काठमाडौं – १३ औं सागको महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा नेपालको महिला टोली दुई शुन्य गोल अन्तरले पराजित भएको हो । भारतको जितमा दुवै गोल बाला देवीले गरिन् ।

पराजयसँगै साग महिला फुटवलमा स्वर्ण जित्ने नेपालको प्रयास असफल भएको छ । फाइनलमा भारतसँग पराजित भएसँगै नेपाली टोली रजतमा खुम्चिएको हो ।

नेपाली टोली तेस्रो पटक अन्र्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएको हो ।