logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जलपरी गौरिकाको कीर्तिमान : चार स्वर्णसहित ९ पदक


अंकुरण खबर
1.248K
Shares

जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुदमा  पौडीबाट चौथो स्वर्ण पदक जितेकी छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरिकाले महिलातर्फ १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी हुन्। स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकाल्न सफल भइन् । यो स्पर्धामा भारतकी शिवांगी शर्माले रजत पदक जितेकी छन्।  योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन् ।

यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्।  चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्। उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्। उनले चार स्वर्ण, एक रजत र समूहगत स्पर्धामा एक कास्यससहित यो सागमा कूल ६ पदक जितेकी छन्।