logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

१३ औं साग : फुटबलको स्वर्णका लागि नेपालले भुटानसँग खेल्दै


अंकुरण खबर
897
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि आज नेपालले भुटानसँग खेल्दैछ ।

साग फुटबलको स्वर्णका लागि दिउँसो तीन दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्न लागेको हो ।

अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।

भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।