logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग समापन समारोहमा प्रधानमन्त्रीको विशेष सम्बोधन


अंकुरण खबर
806
Shares

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समापनको अवसर पारेर विशेष सम्बोधन गर्ने भएका छन् ।

अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् ९राखेप० तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

सोमबार साँझ राखेप सदस्य सचिव शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्ने भएकाले प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर मंगलबार विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव रमेश शिलवालले जानकारी दिए।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य तरिकाले हुने छ । समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ।