logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टरले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु


अंकुरण खबर
728
Shares

सर्लाही सदरमुकाम मलंगवामा सोमबार राति ट्याक्टरले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका–९ का जबाहर रायको २७ वर्षीया श्रीमती संगीतादेवि राय रहेको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार मलंगवा नगरपालिका–४ बिश्वकर्माचोकबाट दक्षिणतर्फ जाँदै गरेको ज १ त २६६६ नम्बरको ट्रयाक्टरले सोही दिशाातर्फ गइरहेको बिआर ३० आर ४९४१ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार संगीतादेविको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।