logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
871
Shares

काठमाडौं – सुनचाँदीको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।